चार्ड वार नजिकिदै गर्दा मादक पदार्थ सेवन गरि अपराधिक कृयाकलपमा वृद्धि हुने र समाजमा नकारात्मक प्रभाव पर्ने भन्दै यहाँ स्थित एक गाविसको दुई गाउँलाई जुवातास एवं मदिरा निषेधीत क्षेत्र घोषणा गरिएको छ। सतवरियाँ गाविसको ४ र ५ वर्डा लाई मदिरा र जुवातास निषेधीत क्षेत्र घोषणा गरिएको हो। सतवरियाँ गाउँ विकास समिति, स्थानिय गाउँ सुधार समिति र प्रहरी चौकी सतवरियाँको संयुक्त पहलमा दुई गाउँलाई हालै मदिरा एवँ जुवातास निषेधीत क्षेत्र घोषणा गरि कार्यान्वयनमा ल्याएको छ। दशै नजिकिदै गर्दा गाउँ लाई मदीरा र जुवातास खेल्न रोक लगाइएकोमा स्थानिय गाउँलेहरु खुशी भएका छन।
चार्ड वारमा हुने अपराधीक कृयाकलाप, चोरीडकैती लगाएतका कृयाकलाप नियन्त्रण गर्न मदीरा र जुवातास निषेधीत क्षेत्र घोषणा गरेपछि सजिलो परेको गाउँ सुधार समितिका अध्यक्ष मेघनारायण चौधरीले वताए। अहीले रातको समयमा मदीरा खाई हिंडनेहरु कमै भेटिन्छन, भेटिनेलाई जरिवाना गर्ने गरेका छौं चौधरीले वताए।
गाउँमा मदीरा सेवन गरि भेटिनेलाई पहीलो पटकमा पाँच सय रुपैयाँ जरिवाना लिने गरिएको छ। मदिरा सेवन गर्ने भन्दा सेवन गराउने एवं विक्रि वितरण गर्नेलाई वढी जरिवानाको व्यवस्था गरिएको छ। सेवन गराउनेलाई पाचँ हजार जरिवाना तोकिएको छ। त्यसैगरी जुवातास खेल्नेलाई पाचँ सय र खेलाउनेलाई पाचँहजार जरिवाना तोकिएको छ। मदीरा सेवन र जुवातास खेलेको दोहोरीयमा कडा कारवाही गरिने र त्यसको जिम्मा प्रहरी चौकिलाइ दिइएको छ। हामिले भनेको नटेरनेहरुलाई प्रहरीको जिम्मा लगाउछौं गाउँ सुधार समितिका अध्यक्ष चौधरीले थपे।
त्यसैगरी स्थानिय मजदुरहरुको मागलाई ध्यानमा राखेर वेलुका ६ वजे देखी सांझ ८ वजे सम्मका लागी मदीरा विक्रि वितरण गर्न पाउने र होटलमा खुवाउन नपाउने नियम वनाईको छ। मजदुरहरुको मागलाई ध्यानमा राख्दै वुलुका २ घण्टामा मात्र विक्रि गर्न पाउने नियम वनाइएको छ तर होटलमानै खान भने पाईने छैन अध्यक्ष मेघनारायणले भने। गाउँ लाई मदिरा र जुवातास निषेधीत क्षेत्र घोषणा गरिएको सूचना स्थानिय संचारमाध्यममा जोड तोडले प्राकाशन र प्रसारणमा ल्याइएको छ।
RSS Feed
Twitter
Sunday, October 03, 2010
shambhu
0 comments:
Post a Comment